दफा २९
कसूर तथा दण्ड सजाय
(१) दफा ११ विपरीत परिषद्मा नाम दर्ता नगराई फार्मेसी व्यवसायगरेमा यस ऐन बमोजिम कसूर भएको मानिनेछ र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(२) उपदफा (१) मा उल्लेख भएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमवा विनियमको बर्खिलाप हुने गरी कुनै काम गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।